सूर्यको पूजा, आराधना गरी मनाइयो रविसप्तमी
सूर्यको पूजा, आराधना गरी मनाइयो रविसप्तमी
    • Bell Sanchar

    • २६ पुष २०७८, सोमबार

पुसको चिसोमा सूर्यको न्यानो प्राप्त होस् भनी सूर्यदेवको पूजा, आराधना एवं अघ्र्यदान गरी रविसप्तमी पर्व मनाइएको छ । आइतबारका दिन सप्तमी तिथि परेमा सूर्यको पूजा, आराधना एवं अघ्र्यदान गरी रविसप्तमी पर्व मनाउने वैदिक सनातन धर्मावम्बीको विधि छ । यस अवसरमा बिहानै उठेर स्नान गरी सूर्यको पूजा आराधना गरेर दिनभर व्रत गरिन्छ । बेलुकी एकछाक मात्र चोखो खाना खाने विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

स्वास्थ्य राम्रो होस् भनी रविसप्तमीका दिन सूर्यको पूजा आराधना एवं अघ्र्यदान गरी कामना गरिने पनि उहाँले जानकारी गराएका छन । रविसप्तमी व्रतबाट सुख, शान्ति र समृद्धि प्राप्ति हुन्छ । रविसप्तमीमा सूर्यको पूजा, आराधना एवं अघ्र्यदान गरेमा निरोगिता प्राप्त हुने विश्वाससमेत छ । यस अवसरमा पशुपति क्षेत्रको बागमती किनारस्थित सूर्यघाट क्षेत्रमा पनि श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ ।

पुस महिना सूर्यको पूजा, आराधनाका लागि राम्रो महिना मानिन्छ । यस वर्ष पुस ११ गते आइतबार पनि रविसप्तमी परेको थियो । यस वर्ष पुस महिनामा दुई वटा रविसप्तमी व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित