निर्मला घिसिङको ‘शिरफुल’ बजारमा
निर्मला घिसिङको ‘शिरफुल’ बजारमा
    • Bell Sanchar

    • १६ माघ २०७८, आईतवार

चर्चित गायिका निर्मला घिसिङको स्वर रहेको ‘शिरफुल’ को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

काठमाडौं बनस्थली स्थित बर्गर हाउसमा विमोचन भएको उक्त गितमा बरिस्ठ गायक एवम् संगीतकार चन्द्रकुमार दोङको संगीत,एरेन्ज फणिन्द्र राई, तथा मिक्सिङ मास्टरिङ सुमन खड्काले गरेका छन् |

पद्म मोक्तानले लेखेको उक्त गीतको भिडियोमा मोडलिङ क्षेत्रमा निक्कै सम्भावना बोकेकि कलाकार रोहनी लामा र नरेन मोक्तानको अभिनय रहेको छ । भिडियोको निर्देशन अजय स्याङतनले गरेका हुन भने छायाङ्कन बिक्रम मोक्तानले गरेका हुन् |

कार्यक्रम विमोचन अनौपचारिक रहेकोले उक्त कार्यक्रममा कुनै पनि प्रमुख अतिथि नरहे पनि कार्यक्रममा अतिथिको रुपमा बरिस्ठ गायक एवम् संगीतकार चन्द्र कुमार दोङ, सुशन लामा, फूल कुमार बोम्जन, खेम मोक्तान , गायिका शशिकला मोक्तान, कमला दोङ, कलाकार रजनि घिसिङ लगायत दर्जनौं कलाकारहरु सहभागी थिए ।

भिडियो विमोचन कार्यक्रममा बोल्ने क्रममा उक्त गीतका संगीतकार चन्द्रकुमार दोङले ‘शिरफुल’ गीतमा अरु सेलोमा भन्दा तुलनात्मक रुपमा नयाँ प्रयोग तथा दर्शकले नयाँ मिठास पाउने गरि संगीत दिएको बताए । साथै उनले शिरफुल गीतका गायिका तथा मोडल रोहनी लामाको समेत खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा गायिका घिसिङले उक्त गीतमा सबैजनाले धेरै मेहनत गरेकाले दर्शकहरूले उक्त गीतलाई माया गर्ने कुरामा आफु विश्वस्त रहेको बताइन् ।

साताकाे चर्चित
सम्बन्धित