२०७८ फागुन १ देखि ६ गतेसम्मको साप्ताहिक राशिफल
२०७८ फागुन १ देखि ६ गतेसम्मको साप्ताहिक राशिफल
    • Bell Sanchar

    • १ फाल्गुन २०७८, आईतवार

मेष–यो साता आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कामको थालनी हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । मध्य सातामा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष–यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मिथुन–मिथुन राशिलाई यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ । कलकारखाना र बन्दव्यापारमा पनि फाइदा हुनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट–यो हप्ता सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर मध्य साताबाट शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । नयाँ वस्त्र र अलंकार आदिको प्राप्ति पनि हुनेछ । यो साता यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह–यो साता सिंह राशि हुनेहरूका लागि प्रेम जीवन सफल हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ अतस् भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो वा पहेँलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कन्या–यो साता नयाँ जिम्मेवारी पाइएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । व्यवसायका लागि यात्राको सम्भावना छ । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

तुला–यो साता आर्थिक वृद्धिका साथै शेयर बजारमा विशेष अभिरुचि रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शेयर बजार या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक–यो साता वृश्चिक राशिलाई आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । साताको मध्यबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ । रमाईलो यात्रा र पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

धनु–यो साता प्रेम र मित्रताको बन्धन कसिने बेला छ । रोकिएका अधुरा कार्य पुनस् प्रारम्भ गर्न सकिएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । साताको अन्त्यमा दौडधुप गर्नु परे पनि लाभ हुनेछैन । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

मकर–यो साता प्रेमी र प्रेमीकाबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभ कार्यमा सरिक पनि हुन सकिनेछ । साताको अन्त्यमा अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो इष्टदेवताको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ–यो साता शुभकार्यको योग रहेको छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । मध्य साताबाट लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सपना पनि प्रतिकूल देखिन सक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मिन–यो साता मीन राशिका व्यक्तिलाई समाजसेवामा मन लाग्नेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । धार्मिक यात्राको योग पनि छ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुव्ने भय छ अतः सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

साताकाे चर्चित
सम्बन्धित