नेपालगञ्जमा अत्याधुनिक नगर भवन बन्दै   
नेपालगञ्जमा अत्याधुनिक नगर भवन बन्दै   

नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरुआत गरेको छ ।

    • Bell Sanchar

    • २६ फाल्गुन २०७८, बिहीबार

राँझा, 
नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरुआत गरेको छ । टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले रु १३ करोडको लागत लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा रु चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसारब बेसमेन्टबाहेक तीनतले भवन बन्नेछ । तेस्रो तल्लामा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुने छ । अहिले पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछ । पार्किङमा १४ चारपाङ्ग्रे सवारीसाधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

साताकाे चर्चित
सम्बन्धित