तपाईको यो साता (२०७८ फागुन २९ गतेदेखि चैत ५ सम्मको साप्ताहिक राशिफल)
तपाईको यो साता (२०७८ फागुन २९ गतेदेखि चैत ५ सम्मको साप्ताहिक राशिफल)
    • Bell Sanchar

    • २९ फाल्गुन २०७८, आईतवार

मेष–यो साता चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ प्रेम । जीवन सबल र सफल रहनेछ । वैदेशिक क्षेत्रको काम पनि अघी बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

वृष–यो साता विश्वास गरेकाले साथ दिनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मिथुन–यो साता विश्वास गरेकाले साथ दिनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कर्कट–पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । सहयोगी हातहरू अघि बढ्नेछन् । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह–यो साता रमाइलो यात्राको योग रहेको छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । नयाँ काममा जुट्ने समय छ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

कन्या–यो साता ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृहरूको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला–यो साता पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । जग्गाजमिनको कारोबारमा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक–यो साता बेला बेलामा मनमा चिन्ता, दुबिधा, मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । जिम्मेवारीमा गरेको काममा समस्या आउन सक्छ, संयम रहनु होला । मध्य सातामा चिताएको कामले तीव्रता लिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

धनु–बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।

मकर–यो साता स्थान परिवर्तनका विशेष योग देखिन्छन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ–यो साता राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् । साताको अन्त्यमा शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

मिन–यो साता मिश्रित रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । मध्य सातामा सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेंलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

साताकाे चर्चित
सम्बन्धित