खानीछापको वडा भवन निर्माण   
खानीछापको वडा भवन निर्माण   

यस अगाडि सो वडा कार्यालयले विद्यालयको कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको थियो ।         

    • Bell Sanchar

    • २९ फाल्गुन २०७८, आईतवार

पाल्पा,
पाल्पाको बगनासकाली गाउँपालिका–४ खानीछापको वडा भवन निर्माण सम्पन्न छ । यस अगाडि सो वडा कार्यालयले विद्यालयको कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको थियो ।

रु ३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारीदिनुभयो । बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा भवन र स्वास्थ्यचौकी भवन निर्माण गरिएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुु घर्तीले बगनासकालीमा प्रशासनिक सेवामा सुधार आएको सुविधासम्पन्न प्रविधिको प्रयोग गरी सेवालाई जनमैत्री गराएको जानकारी दिनुभयो । बगनासकालीका नौ वडामध्ये आधारभूत सेवासुविधाको हकमा पछाडि रहे पनि अहिले शिक्षा, स्वास्थ्य, यातायातका हिसाबले विकासको गति लिन थालेकोे वडाध्यक्ष हुतमानसिं दर्लामीले बताउनुभयो । मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन तथा झोलुङे पुलसमेत निर्माण गरी जनताको जीवनस्तर सुधार्न पहल भएको उहाँले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित