होली सांस्कृतिक धमका, चर्चित ब्याटल गायिका प्रीती आलेको बिशेश प्रस्तुतिमा खाँडादेवी फूडल्याण्डमा
होली सांस्कृतिक धमका, चर्चित ब्याटल गायिका प्रीती आलेको बिशेश प्रस्तुतिमा खाँडादेवी फूडल्याण्डमा
    • Bell Sanchar

    • २ चैत्र २०७८, बुधबार

नेपालीहरुको सांस्कृतिक चाँड यस वर्षको फागु पूर्णिमा पर्व राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा हर्षोल्लास पूर्वक धूमधामका साथ विशेष कार्यक्रम गरेर होली मनाउने भएको छ ।

खाँडादेवी फूडल्याण्डले फागुपूर्णे लाई बिशेश मध्यनजर गर्दै चैत ३ गते बिहीबार बिहान ११ देखि साझ ५ बजे सम्म- होली पर्वमा विशेष मनोरञ्जनात्मक बनाउन लाइभ बारबेक्यू

, साथै कलाकार सँग रङको मज्जा लिन पाउने कार्यक्रमको आयोजना गरिएको संचालक गोपी थापाले जानकारी दिनुभयो ।

कार्यक्रमा चर्चित ब्याटल एंव लोक तथा दोहोरी गायिका प्रीती आले ,चर्चित गायक सरोज लामिछाने ,लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारी लगायतको कलाकारबाट प्रस्तुति रहने छ।

नेपाल र नेपालीको संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई कार्यक्रममा उपस्थित भई एक आपसमा होली खेली नेपाली धर्म संस्कृतीको सरक्षण र पहिचाहन गराउने कार्यक्रममा सबैलाई फूडल्याण्डले सबैलाई निमन्त्रणा गरेको छ।

साताकाे चर्चित
सम्बन्धित