६७ हजार ७४४ मतदाता जुम्लामा स्थानीय तह निर्वाचनका लागि
६७ हजार ७४४ मतदाता जुम्लामा स्थानीय तह निर्वाचनका लागि
    • Bell Sanchar

    • १६ चैत्र २०७८, बुधबार

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले आवश्यक तयारी गरेको छ । स्थानीय तह निर्वाचनमा जुम्लामा ६७ हजार ७४४ मतदाता सहभागी हुनेछन् ।

सबैभन्दा धेरै मतदाता चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । जसमध्ये ५ हजार ८४७ पुरुष, ५ हजार ९७३ महिला  रहेका छन्  । कनकासुन्दरी गाउँपालिकामा ९ हजार १३२ मतदातामध्ये ४ हजार ८५० पुरुष, ४ हजार २८२ महिला मतदाता रहेका छन्

गुठिचौर गाउँपालिकामा ६ हजार ५२४ मतदातामध्ये ३ हजार ३९३ पुरुष र ३ हजार १२८ महिला मतदाता छन् ।  भने तातोपानी गाँउपालिकामा ९ हजार ३२० मतदातामध्ये ४ हजार ८८३ पुरुष, ४ हजार ४३० महिला मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार तिला गाउँपालिकामा ४ हजार १८६ पुरुष, ३ हजार ७६६ महिला गरी ७ हजार ९५२ मतदाता छन् भने पातारासी गाउँपालिकामा ४  हजार ५१३ पुरुष र ४ हजार ३५ महिला गरी ८ हजार ४४८ मतदाता छन् ।

८ हजार १६१ मतदाता रहेको सिंजा गाउँपालिकामा ४ हजार ३१६ पुरुष र ३  हजार ८४३ महिला छन् भने ६ हजार २८७ मतदाता रहेको हिमा गाउँपालिकामा ३ हजार २८२ पुरुष र ३ हजार ५ महिला रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिनुभयो ।

त्यस्तै चन्दननाथ गरपालिकामा १० मतदान स्थल र १६ मतदान केन्द्र कायम गरिएको छ भने हिमा गाउँपालिकामा ९ मतदान स्थल र ११ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार सिंजामा ७ मतदान स्थल र १२ मतदान केन्द्र, पातारासीमा १० मतदान स्थल र १३ मतदान केन्द्र, तिलामा १२ मतदान स्थल र १३ मतदान केन्द्र कायम गरिएको छ । तातोपानीमा ९ मतदान स्थल र १३ मतदान केन्द्र, गुठिचौरमा ८ मतदान स्थल र ९ मतदान केन्द्र र कनकासुन्दरी गाउँपालिकामा १४ मतदान स्थल र १५ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

एक नगरपालिका सहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको जुम्लामा जिल्लाभरी ७९ मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित