यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
    • Bell Sanchar

    • २० चैत्र २०७८, आईतवार

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ ३३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८  रुपैयाँ ८८ पैसा र बिक्री दर १५९ रुपैयाँ ६६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ८५ पैसा र बिक्री दर ९१ रुपैयाँ ३१ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ।

साताकाे चर्चित
सम्बन्धित