लागुऔषधसहित तीन जना पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
    • Bell Sanchar

    • २६ चैत्र २०७८, शनिबार

भीमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले आज तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र इन्ट्रिकफ ट्याब्लेट १४ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित