दुई रुपैयाँ ठगी’ रोक्न भाडादर वृद्धि !
दुई रुपैयाँ ठगी’ रोक्न भाडादर वृद्धि !
    • Bell Sanchar

    • २७ चैत्र २०७८, आईतवार

काठमाडौं । वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको छ । मन्त्रालयले प्रदेशभित्र चल्ने छोटो दुरी अन्तर्गत उपत्यकामा गुड्ने सवारीको भाडा दुईदेखि तीन रुपैयाँले वृद्धि गरेको हो ।

सार्वजनिक यातायात व्यवसायीले लामो समयदेखि सरकारलाई दबाब दिँदै दुई रुपैयाँ बढी भाडा असुल्दै आएका थिए । लागु गर्ने नसकिने सोही भाडादर अनुसार मन्त्रालयले भाडा समायोजन गरेका गाडी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने बनाएको छ ।

तर, यातायात व्यवसायी भने सरकारले बढाएको भाडादरसँग पनि सन्तुष्ट छैनन् । वैशाख १ गतेदेखि लागु हुने भनिएको भाडादर अहिले नै व्यवसायीले उठाउन थालिसकेका छन् । उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा किलोमिटरका आधारमा भाडा बढाइएको छ । गाडी चढ्नेवित्तिकै अर्थात पाँच किलोमिटरसम्म १८ रुपैयाँको साटो २० रुपैयाँ तिर्र्नुपर्नेछ ।

गाडी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने बताइए पनि न्यूनतम भाडा २५ रुपैयाँ उठाउने गरिएको छ ।

अब १० किलोमिटरमा २३ को साटो २५ रुपैयाँ, १५ किलोमिटरसम्म २७ को साटो ३० रुपैयाँ, २० किलोमिटरमा ३० रुपैयाँको साटो ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँको साटो ३८ रुपैयाँ तिर्नुपर्नेछ ।

तर, व्यवसायीहरुले भने छोटो दुरी अन्तर्गतको पाँचदेखि दश किलोमिटर दुरीमै २५ देखि ३५ रुपैयाँ भाडा असुल गरिरहेका छन् । करिब सात महिनासम्म आफैं मनलाग्दी भाडा असुल्दै आएका व्यवसायीलाई सरकारले नियमन गर्न सकेन ।

व्यवसायीकै दबाबले मन्त्रालयले गत कात्तिकदेखि लागु हुनेगरी चढ्ने वित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने गरी भाडा समायोजन गरेको थियो । व्यवसायीहरुले आफूहरुकै कारण अहिले सरकारले औपचारिक रुपमा गाडी चढ्नेवित्तिकै २० रुपैयाँ कायम गरेको बताएका छन् ।

उक्त भाडादरमा यात्रुले पाउने दुई रुपैयाँ (खुद्रा रुपैयाँ) बजारमा नपाइने भन्दै व्यवसायीले दुई रुपैयाँ बढी भाडा आफंै असुल्दै आएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दुरीका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर १० देखि १५ प्रतिशतले वृद्धि गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित