बैंकहरुले वैशाखमा ब्याजदर नबढाउने
बैंकहरुले वैशाखमा ब्याजदर नबढाउने
    • Bell Sanchar

    • २८ चैत्र २०७८, सोमबार

के तपाईंले बैंकमा रकम जम्मा गर्नुभएको छ ? बैंकबाट ऋण लिनुभएको छ ? हरेक महिनाजसो बैंकहरुमा ब्याजदर बढाइएकोबाट रकम जम्मा गर्ने खुशी र ऋण लिनेहरु दुःखी हुनुपर्ने अवस्था बन्दै आएको छ । कारण हो प्रत्येक महिना ब्याजदर बढ्नु ।

२०७९ सालको वैशाखमा भने बैंकहरुले ब्याजदर नबढाउने भएको छ । उनीहरुले अहिलेको ब्याजदरलाई निरन्तरता दिने भएका छन् । नेपाल बैंकर्स संघले आइतबार बैठक राखेर ब्याजदर चैत्रकै जस्तो निरन्तर राख्ने सहमति गरेको बुझिएको छ ।

बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिनेगरी नै ३० चैत्रमा सूचना प्रकाशित गर्ने बुझिएको छ । यो फागुनको अन्तिममा जारी गरिएको सूचनाकै ब्याजदर हो ।

बैंकहरुले केही महिनायता निरन्तर ब्याजदर बढाएका थिए । चर्को ब्याजदरले ऋण लिनेहरु समस्यामा परेका छन् ।

साताकाे चर्चित
सम्बन्धित