दैनिक राशिफल : राशिअनुसार हेर्नुहोस् आज जेष्ठ १६ गतेको आफ्नो भाग्य
दैनिक राशिफल : राशिअनुसार हेर्नुहोस् आज जेष्ठ १६ गतेको आफ्नो भाग्य
    • Bell Sanchar

    • १६ जेष्ठ २०७९, सोमबार

मेष

धन- जन जम्मा गर्न सकिने दिन रहेको छ । साथी- भाइले कञ्जुसताको आरोप लगाउन सक्नेछन्  । अनावस्यक रिस उठ्न सक्नेछ  । अप्रिय वचनले मन दु:खित होला ।

वृष

पराक्रम बढ्नेछ । व्यापारमा राम्रो फाइदा हुनेछ ।  सन्तानसँग कुरा नमिल्न सक्नेछ ।  श्रीमान- श्रीमतीमा विवाद रहन सक्नेछ ।  प्रियजनको चलाखीपूर्ण निर्णयले ठूलो समस्याबाट बच्न सकिनेछ ।

मिथुन

वायु प्रदूषणले आँखामा समस्या ल्याउन सक्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।  प्रेमसम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै तर्कमा परेर कठोर टिप्पणीबाट बच्नुहोस ।

कर्कट

घरमा मङ्गल कार्यको चर्चा चल्नेछ । शरीरमा स्फूर्ति र उमंगको कमी आउला । संगीतमा रुची पनि बढ्नेछ ।

नियमित खर्च समेत बढ्ने योग रहेको छ ।

सिंह

आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।  ज्ञान, वैराग्य र अध्यात्मको भावना  जाग्न सक्छ । तर्कयुक्त कदमले जटिल ठानिएको कार्य पनि सम्पादन हुन सक्नेछ ।

कन्या

यात्रा गर्दै हुनुहुन्छ भने सामानको अतिरिक्त हेरचाह गर्नु आवश्यक छ । हजुरको जोडी आज रमाइलो मुडमा हुनुहुन्छ, उहाँलाई  आवस्यक सबै सहयोग गर्नुहोला , वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन बनाउन उहाँलाई मद्दत गर्नुहोला ।

तुला

अगाडी राम्रो समय आउँदैछ भनेर खुसि हुनुहोस, तपाईलाई अतिरिक्त उर्जा प्राप्त हुनेछ । आज आफ्नो जोडीले हजुरलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउन सक्ने छन् ।

वृश्चिक

रक्तचापका बिरामीहरूले स्वास्थ्य जचाउनु होला, अनावश्यक चिन्ता खेप्नु पर्नेछ ।  धेरै विषयहरुमा सहमति हुन नसक्नाले आजको दिन धेरै राम्रो रहने छैन ।

धनु

सामाजिक साथै धार्मिक कार्यको लागि उत्कृष्ट दिन रहनेछ । आफैलाई जीवन्त बनाउनुहोस् , आफ्नो प्रयास र कर्ममा विश्वास राख्नुहोला ,अरुसँग साहारा खोज्ने र अरूसँग टासिने नगर्नु होला ।

मकर

नयाँ विचारहरुलाई जाच्ने  समय छ । पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गरेमा राम्रो दिन रहन सक्छ ।  तपाईंले आराम गर्नुपर्छ र घनिष्ठ मित्र र परिवारका सदस्यहरूसँग आनन्द मनाउने प्रयास गर्नुपर्छ ।

कुम्भ

व्यापारको उद्देश्य लिएर गरिएको यात्राले सकारात्मक परीणाम ल्याउन सक्छ । आफ्नो हसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउने छ । हजुरको लगातार मेहनतलाई आज साँच्चै राम्रो लाभ  हुनेछ ।

 

मीन

तपाईंलाई प्रेममा धोका दिन सक्छन । समस्याहरु समाधान गर्नसक्ने दिन छ ।  विदेश जानको लागि आवेदन भर्ने विचार गर्दै हुनुहुन्छ भने आज राम्रो दिन जस्तो देखिन्छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

साताकाे चर्चित
सम्बन्धित