साना नदीहरूमा बहाव बढ्न सक्ने, सतर्कता अपनाउन अपिल
साना नदीहरूमा बहाव बढ्न सक्ने, सतर्कता अपनाउन अपिल
    • Bell Sanchar

    • २३ जेष्ठ २०७९, सोमबार

आज मुलुकमा विभिन्न नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले एक विज्ञप्ति जारी गर्दै विभिन्न नदीहरूमा बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको हो ।

महाशाखाका अनुसार, झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, लमजुङ, गुल्मी, पाल्पा र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरुमा बहाव बढ्ने अनुमान गरिएको छ ।

विभागले यी नदीहरू आसपासका क्षेत्रहरूमा सतर्कता अपनाउन समेत अपिल गरेको छ ।

आज देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित