काठमाडौंमा साउनदेखि लाागु , घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने
काठमाडौंमा साउनदेखि लाागु , घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने
    • Bell Sanchar

    • २४ जेष्ठ २०७९, मंगलवार

काठमाडौंका बासिन्दाले अब आगामी साउन १ गतेबाट स्रोतमै फोहोर छुट्याउनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् । तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फल्न रोक्ने उनीहरुको चेतावनी छ ।

सोमबार महानगरपालिका, सहरी विकास मन्त्रालय र सम्बन्धित स्थानीय तहरुबीच भएको सहमतिअनुसार साउनबाट भने काठमाडौंमा घर, पसल, होटल, रेस्टुरेन्टसहित सबै फोहोर उत्पादन गर्नेहरुले कुहिने र नकुहहिने फोहोर छुट्टाछुटै रुपमा राख्नुपर्नेछ ।

महानगरपालिकाले केही दिनमै सूचना जारी गर्ने एक अधिकारीले बताए । कडाइ पूर्वक फोहोर वर्गीकरण गर्न प्रोत्साहनको नीति पनि ल्याइने ती अधिकारीले बताए ।

साताकाे चर्चित
सम्बन्धित