दसैं तिहारमा नविन के भट्टराई र सुगम पोखरेलले अस्ट्रेलियामा प्रस्तुती दिने
दसैं तिहारमा नविन के भट्टराई र सुगम पोखरेलले अस्ट्रेलियामा प्रस्तुती दिने

भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुती रहेकाे कार्यक्रमलाई नेप सिड्नी इभेन्ट्सले आयोजना गर्न लागेको हाे।

    • Bell Sanchar

    • १ भाद्र २०७९, बुधबार

दसैं तिहारको अवसरमा चर्चित गायक नविन के भट्टराई र सुगम पोखरेलले अस्ट्रेलियामा प्रस्तुती दिने भएका छन्।

उनीहरूसँगै ‘नेपाल आइडल ४’ का प्रतियोगी आदेश पौडेलले पनि अस्ट्रेलियाका विभिन्न ठाउँमा आफ्नो सांगीतिक प्रस्तुती दिने भएका हुन्।

काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिड्नी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायतका ठाउँमा प्रस्तुती हुने संयोजक युट्सल दाहालले जानकारी दिए।

भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुती रहेकाे कार्यक्रमलाई नेप सिड्नी इभेन्ट्सले आयोजना गर्न लागेको हाे।

अस्ट्रेलियामा केही वर्षपछि आफ्नो सांगीतिक प्रस्तुती दिन पाउँदा गायक नविन के भट्टराईले आफू उत्साहित रहेको बताए।

गायक सुगमले पनि यो वर्षको ठूलो चाड संगीतमय हुने आशा व्यक्त गरे।  त्यस्तै आदेशले आफ्नो पहिलो सांगीतिक यात्रा नविन र सुगमसँग गर्न पाउँदा आफू निकै भाग्यमानी भएको बताए।

कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम हप्तासम्म हुनेछ।

साताकाे चर्चित
सम्बन्धित