व्यवस्थापन कसैले गरेन ,अवैध संरचना महानगरको डोजरले भत्काइदियो
व्यवस्थापन कसैले गरेन ,अवैध संरचना महानगरको डोजरले भत्काइदियो

ती संरचना भत्काएको केही दिन बितिसक्दा पनि भत्काइएका सामान असरल्ल छन्।

    • Bell Sanchar

    • १३ भाद्र २०७९, सोमबार

काठमाडौं महानगरभित्र नक्सा पास नगरी बनेका संरचना महानगरले धमाधम भत्काइरहेको छ।

काठमाडौंको अत्यन्तै व्यस्त मानिने काठमाडौं मल, आरबी कम्प्लेक्स, नयाँ बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा महानगरले डोजर चलाएर संरचना भत्काएको हो।

ती संरचना भत्काएको केही दिन बितिसक्दा पनि भत्काइएका सामान असरल्ल छन्।

भत्काइएका ठाउँबाट सामान नउठाउँदा बाटोमा हिँड्ने सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ।

सडक पेटीका असरल्ल छरिएका टायल, काठ र सिसाका टुक्रा, फलामे रडले दुर्घटना हुन सक्ने देखिन्छ।

महानगरले भत्काइएका संरचना सम्बन्धित घरधनीले नै सफा गर्नुपर्छ भनेको छ।

घरधनीहरूले अहिलेसम्म यसको व्यवस्थापन नगर्दा समस्या थपिएको छ।

साताकाे चर्चित
सम्बन्धित