कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन
कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन

शनिबारदेखि सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा सुपथ पसल सञ्चालन भएको छ ।   

    • Bell Sanchar

    • २ आश्विन २०७९, आईतवार

वीरेन्द्रनगर, 
कर्णालीमा दसैँ, तिहार र छठलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन भएको छ । शनिबारदेखि सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा सुपथ पसल सञ्चालन भएको छ ।

चाडपर्वको बेलामा बजारमा अस्वाभाविकरूपमा मूल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो । उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारीरूपले तीव्र पारिने बताउनुभयो । रिजालले यस्ता सहुलियत मूल्य पसल सहरमा मात्र नभई गाउँसम्म पु¥याउन आवश्यक रहेको औँल्याउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले चाडपर्व लक्षित सहुलियत मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै वस्तुको विविधीकरणमा लागेको बताउनुभयो । उहाँले सहुलियत मूल्य पसलबाट चामल, दालसहित घ्यू, तेल तथा अन्य मसलाजन्य वस्तु उपलब्ध गराउनका लागि पहल गरिएको जानकारी दिनुभयो ।

मिश्रले चामल र दालमा प्रतिकेजी सात रुपियाँ छुट दिइएको जानकारी दिनुभयो । चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई रु दुई करोड ३२ लाख र साल्ट्र टे«डिङ कर्पाेरेसनलाई रु एक करोड छुट्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित