क्लिनिङ भिसामा विदेश जान लागेका १५० कामदारलाई कुचो क्लिनिङले दियो तालिम
क्लिनिङ भिसामा विदेश जान लागेका १५० कामदारलाई कुचो क्लिनिङले दियो तालिम
    • बिर बहादुर राना

    • ३ आश्विन २०७९, सोमबार

काठमाडौँ, ३ असोज ।

कुचो क्लिनिङ एण्ड ट्रेनिङ सर्भिसेज प्रा. लि. ले ‘क्लिनिङ भिसा’मा विदेश जान लागेका कामदारलाई तालिम दिएको छ । कम्पनीले कैलाश म्यानपावरबाट मलेसिया जान लागेका १५० जना कामदारलाई २ दिने तालिम दिएको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान नहुँदा ठुलो समस्या भोग्दै आएका छन् । सोही कारण अत्याधुनिक सामग्रीहरूसहित कसरी सफाइ गर्ने भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको कम्पनीका सिइओ सौजन दुलालले जानकारी दिए । तालिम पाएसँगै कामदार खुसी भएका छन् ।

‘सरसफाइ सम्बन्धि काम गर्ने कामदारलाई सामान्य ज्ञान नहुँदा पनि एकदमै ठुलो समस्या भोग्दै आएका छन्’ उनले बेल मिडियासँग कुरा गर्दै भने,‘हामीले दिएको तालिमले अब विदेशमा गएर राम्रोसँग सरसफाइ गर्न सक्नुहुने छ । हामीले कसरी सरसफाइ गर्ने?, कुन प्रविधिको प्रयोग कहाँ गर्ने?, त्यसले के काम गर्छ ?, कस्ता केमिकल कहाँ प्रयोग गर्ने लगायतका सफाइ सम्बन्धि सबै जानकारी दिएका छौँ ।

तालिम पाएसँगै उनीहरूले अब विदेशमा गएर सहज रूपमा काम गर्न सक्ने पनि उनको भनाई छ । तालिम ४०÷४० जनाको ग्रुप बनाएर दिइएको थियो । कुचो क्लिनिङले यस अघि पनि सरसफाइ सम्बन्धि पटक पटक तालिम दिँदै आएको थियो । तर यति ठुलो मात्रा तालिम दिएको भने पहिलो पटक हो ।

कुचो क्लिनिङले लामो समयदेखि विद्यालय, कार्यालय, घर लगायत सबै क्षेत्रको सफाई सम्बन्धि काम गर्दै आएको छ । आगामी दिनमा पनि सरसफाइ सम्बन्धि कसैलाई तालिम चाहिएमा सम्पर्क गर्न सकिने पनि सिइओ दुलाल बताउँछन् । उनीहरूले हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुविधा दिइरहेका छन् भने आगामी दिनमा उपत्यका बाहिर पनि शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ ।

हेरौ केहि तालिमका तस्विर हरु:

 

 

 

साताकाे चर्चित
सम्बन्धित