जुम्लाकी लक्ष्मी एकदिने वडाध्यक्ष
जुम्लाकी लक्ष्मी एकदिने वडाध्यक्ष

महिला सशक्तिकारणका लागि सबैभन्दा पहिले परिवार जागरुक हुनुपर्ने बताउँदै वडाध्यक्ष विष्ट भन्नुहुन्छ,

    • वीर बहादुर राना

    • १९ मंसिर २०७९, सोमबार

 

काठमाडौँ,

। कनकासुन्दरी गाउँपालिका वडा नं ५ लुइकुको किशोरी क्लबका सदस्य लक्ष्मी विष्टले एकदिने वडाध्यक्षको पदभार ग्रहण गर्नुभएको छ । मङ्सिर १८ गतेको गर्ल्स टेकओभर कार्यक्रममा ११ औँ ‘अन्तरराष्ट्रिय बालिका दिवस २०२२’लाई लक्षित गर्दै १६ दिने महिला हिँसा विरुद्धको अभियानको अवसरमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

प्लान नेपालको आर्थिक सहयोग र आत्मसम्मानको लागि सहकार्य(क्यान) नेपाल जुम्लाको सहजीकरणमा संचालित बाल संरक्षण परियोजनाअन्तर्गत समाजमा पछि पारिएका किशोरी, युवा महिलाका सवाल र मुद्धालाई समावेश गराउन जुम्लालगायात अन्य जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमहरु हुँदै आएको छ ।

परियोजनामार्फत समानता र समान अवसरका लागि घरदेखि पालिकासम्म र स्कुलदेखि संसद भवनसम्म महिला सशक्तिकारणका आवाजलाई वुलन्द बनाउनु मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ ।

महिला सशक्तिकारणका लागि सबैभन्दा पहिले परिवार जागरुक हुनुपर्ने बताउँदै वडाध्यक्ष विष्ट भन्नुहुन्छ, ‘किशोरीहरु घरदेखि नै विचार व्यक्त गर्न बन्चित छौं । अभिव्यक्त गरिहाले पनि सकारात्मक तरिकाले हेरिदिने परिपाटी कम छ । समाजमा घटेका कूरिति, कुसंस्कार किशोरीमाथि हुने हत्या, हिँसा र दुर्व्यवहारका बारेमा कुरा उठाउँदा समाजले नराम्रो नजरले हेर्ने गर्दथ्यो । त्यसैले पनि जुम्ला जस्तो पिछडिएको क्षेत्रमा त अझै किशोरी र युवा महिला अझै पछि परिरहेका छन् । छोरालाई बोर्डिंग पढाउने र छोरीलाई सरकारी विद्यालय भर्ना गरिदिने प्रचलन अझै गएको छैन । उच्च शिक्षाका लागि पनि छोरालाई सहर पढ्न पठाउने र छोरीलाई गाउँकै विद्यालयमा पढाउने परिपाटी छ । छोरीलाई घुमफिर गर्ने मनोरंजनका लागि पनि संकुचित घेरामा बाँधिएको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बिष्णु बहादुर बडुवालले दिनहरुमा आफु र आफ्नो वडामा किशोरीप्रति हुने मतभेत, दुर्व्यवहार, हिंसा, बालविवाह, छाउपडीजस्ता बिषयहरु समाजमा हुन नदिनका लागि अग्रणी भूमिका निर्वाह गर्ने र समाजलाई सुद्धिकरणको पाटोमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साताकाे चर्चित
सम्बन्धित