प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न कांग्रेस बैठक बस्दै
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न कांग्रेस बैठक बस्दै
    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार

काठमाडौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन परिसरमा जारी बैठकमा पार्टीका पदाधिकारीसहित कार्यसम्पादन समितिका सदस्य उपस्थित हुनुहुन्छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्नेछ । त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ ।

यसअघि आज बिहान सभापति देउवा निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा पनि विश्वासको मतका सम्बन्धमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वास मत माग्नुभएको थियो ।

जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताउनुभएको थियो । प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्नुहुने कार्यसूची छ ।

साताकाे चर्चित
सम्बन्धित