नेप्सेमा तीव्र उतारचढावबीच २१.३४ अंकको गिरावट,
नेप्सेमा तीव्र उतारचढावबीच २१.३४ अंकको गिरावट,
    • Bell Sanchar

    • २६ पुष २०७९, मंगलवार

काठमाडौं । सेयर बजारमा तीव्र उतारचढावबीच बजार परिसूचक नेप्से ०.९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ९९.४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे ७ अर्ब नाघेको छ ।

मंगलबार बजार परिसूचक नेप्से २१.३४ अंकले घटेर २१९०.४२ अंकमा बन्द हुँदा ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २२७७.६१ को उच्च बिन्दु २१७८.१९ अंकसम्म झरेको थियो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धिका बाबजुत अधिकाम्स उपसूचकमा गिरावट हुँदा नेप्सेमा पनि गिरावट भएको छ ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारप्रति जनताको भरोसाको संकेतका रूपमा लिएको बताइरहँदा सेयर बजारमा भने एकैदिन ९९.४२ अंकको उताचढाव देखिएको छ । बजारमा तीव्र उतारचढाव हुँदा सानो कित्तामा धेरै संख्यामा सेयर कारोबार भएको छ ।

बैंकिङ उपसूचक ०.६० प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ४.३१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.४१ प्रतिशतले गिरावट भएको छ । गत बिहीबार, आइतबरा र सोमबार लगातार ३ कारोबार दिन ५ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार कारोबार रकम बढेर साढे ७ अर्ब नाघेको छ । कुल १ लाख ९ हजार ९६७ वटा कारोबारमा २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ८८ लाख २४ हजारको कारोबार भएको छ । जसमध्ये ङ्यादी ग्रुप पावरको २१ करोड २१ लाख १ हजारको कारोबार भएको छ । त्यस्तै अपी पावरको २० करोड ६७ लाख ९ हजार र रिडी पावरको १८ करोड १५ लाख ३३ हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २०९ कम्पनीको सेयर कारोबार भएकोमा १५१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ५३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार बाराही हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा सिंगटी हाइड्रोपावरको सेयरमूल्य ८.४५ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयरमूल्य ८.३० प्रतिशतले वृद्धि भएको छ ।

यता तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ८.७४ प्रतिशतले गिरावट हुँदा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७.४७ प्रतिशत र रिभर्स फल्स हाइड्रोपावर कम्पनीको सेयरमूल्य ६.८३ प्रतिशतले गिरावट भएको छ ।

साताकाे चर्चित
सम्बन्धित