राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण   
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण   

राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गर्नुभएको हो ।

    • Bell Sanchar

    • २७ पुष २०७९, बुधबार

काठमाडौँ, 
राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले त्यहाँस्थित मनकामना मन्दिरमा दर्शन पनि गर्नुभएको थियो । तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको जनाइएको छ । काजी पाँडे पृथ्वीनारायण शाहका सेनापति हुनुहुन्थ्यो । नेपाल एकीकरणमा सेनापति पाँडेले गर्नुभएको योगदानको कदर गर्दै दहचोकस्थित उहाँको समाधिस्थलमा सालिक निर्माण गरिएको छ ।

राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गर्नुभएको हो । विसं १८१४ मा कीर्तिपुरमा भएको लडाइँमा काजी पाँडेले वीरगति प्राप्त गर्नुभएको थियो । सो युद्धमा गोर्खाली सेनाका धेरै सैनिक पनि मारिएका थिए । सेनापती पाँडेको निधनपछि उहाँकै इच्छा अनुसार उहाँलाई गोरखा देखिने दहचोकमा सद्गत् गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित