मन्त्रिपरिषद विस्तारको तयारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
मन्त्रिपरिषद विस्तारको तयारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

नेमकिपा र राष्ट्रिय जनमोर्चाका गरी २ जना सांसदले मात्रै विश्वासको मत दिएका थिएनन्।

    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

काठमाडौं
प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तारअघि मन्त्रालय भागवण्डामा सहमति जुटाउन सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि नै विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिन सत्ता साझेदार दलहरु सहमत भएका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बुधबार छलफल पनि भएको थियो । दुई नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा केही गृहकार्य भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बिहीबार दिउँसो बस्ने बैठकमा सत्ता साझेदार दलहरुबीच थप छलफल हुनेछ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ ।

संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकारअनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँट गर्ने तयारी छ । यसअघि मन्त्रिपरिषद्को बैठक पनि आज बस्दैछ ।

साताकाे चर्चित
सम्बन्धित