प्रधानमन्त्री पुष्पकमल दाहालसँग मुख्यमन्त्री जमकट्टेलको भेट   
   प्रधानमन्त्री पुष्पकमल दाहालसँग मुख्यमन्त्री जमकट्टेलको भेट   
    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

काठमाडौँ, 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त हुनुभएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ । नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उहाँ सोमबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित