कर्णालीका मुख्यमन्त्री शर्माको आज पद तथा गोपनियताको सपथ लिने
कर्णालीका मुख्यमन्त्री शर्माको आज पद तथा गोपनियताको सपथ लिने

माओवादी नेताहरुका अनुसार आज ४ बजे मुख्यमन्त्रीको सपथ ग्रहण तय भएको छ ।

    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शर्मा बुधबार मात्र मुख्यमन्त्री नियुक्त भएका थिए ।

माओवादी नेताहरुका अनुसार आज ४ बजे मुख्यमन्त्रीको सपथ ग्रहण तय भएको छ ।

मुख्यमन्त्री शर्माले सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने तयारी गरेका छन् । यसका लागि दुबै दल छलफलमा छन् ।

मन्त्रीको नाम भने तय भइसकेको छैन ।

एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको संख्या भने भागवण्डा भइसकेको छ । बुधबार भएको चारबुँदे सहमतिअनुसार माओवादीले ४ र एमालेले तीन वटा मन्त्रालय लिनेछ ।

साताकाे चर्चित
सम्बन्धित