कांग्रेसका खड्क पोखरेलकले दिए कर्णालीको सभामुखमा उम्मेदवारी
कांग्रेसका खड्क पोखरेलकले दिए कर्णालीको सभामुखमा उम्मेदवारी
    • Bell Sanchar

    • ३० पुष २०७९, शनिबार

सुर्खेत

कर्णाली प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरेलले शनिबार दिउँसो प्रदेश सभामा पुगेर उम्मेदवारी दिएका हुन् ।

कांग्रेस सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।

सभामुखको उम्मेदवारीका लागि आज बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।

समाचार तयार पार्दासम्म कांग्रेसका पोखरेलको बाहेक अन्यको उमेदवारी नपरेको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

सत्तारुढ गठबन्धनको भागवन्डा अनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि सभामुख एमालेको भागमा परेको छ ।

एमालेले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन् । सभामुख टुंगो लगाउन भन्दै एमाले नेताहरु छलफलमा जुटेका छन् ।

उम्मेदवारी दर्ताको समय बज साँझ ५ बजेसम्म ५ ।

साताकाे चर्चित
सम्बन्धित