सुनको मूल्य तोलाको १ लाख ५ हजार १ सय
सुनको मूल्य तोलाको १ लाख ५ हजार १ सय
    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार
सुनको मूल्य तोलाको १ लाख ५ हजार १  सय

काठमाडौं

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ सय छ ।

यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित