डाक्टर सन्दुक रूइतलाई ,प्रधानमन्त्री प्रचण्डले दिए बधाई
डाक्टर सन्दुक रूइतलाई ,प्रधानमन्त्री प्रचण्डले दिए बधाई
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा डाक्टर सन्दुक रूइतलाई बधाई दिएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले डाक्टर रूइतलाई बधाई दिँदै राज्यसँग उनले गरेको अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले लेखेका छन्- बरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रूइतले प्रतिष्ठित इशा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु।

मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा डाक्टर रूइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने कुरा नियालिरहेको बताएका थिए।

डाक्टर रूइतले आँखा उपचारको क्षेत्रबाट मानव समुदायलाई पुर्‍याएको योगदानका लागि बहराइन सरकारले १३ करोड रुपैयाँ राशीको इशा अवार्ड प्रदान गर्ने निर्णय गरेको हो।

साताकाे चर्चित
सम्बन्धित