सांसदलाई खाजा खान क्यान्टिनमा बनाइयो छुट्टै ठाउँ
सांसदलाई खाजा खान क्यान्टिनमा बनाइयो छुट्टै ठाउँ
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

संघीय संसदका सांसदहरूलाई खाजा खान क्यान्टिनमा छुट्टै ठाउँ बनाइएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको क्यान्टिनमा सांसदहरूका लागि खाजा खाने बेग्लै ठाउँ बनाइएको हो।

क्यान्टिनमा बार लगाएर सांसदहरूका लागि बेग्लै ठाउँको व्यवस्था गरिएको छ।

सुरक्षाकर्मी, कर्मचारी र पत्रकारहरूलाई भने सांसदहरूको कक्षमा जान दिइँदैन। उनीहरूका लागि बेग्लै ठाउँ बनाइएको छ।

संसदको क्यान्टिनमा ठूलो हल छ। उक्त हल बारेर सांसदका लागि बेग्लै ठाउँ बनाइएको हो।

२०७४ मा पनि संसद सचिवालयले सांसदहरूका लागि खाजा खान क्यान्टिनमा बेग्लै ठाउँको व्यवस्था गरेको थियो। सांसदहरूकै विरोधपछि उक्त कार्य रोकिएको थियो।

साताकाे चर्चित
सम्बन्धित