सलमान खानको ‘किसीका भाइ किसीकी जान’ को टिजर (भिडिओ)
सलमान खानको ‘किसीका भाइ किसीकी जान’ को टिजर (भिडिओ)
    • Bell Sanchar

    • १२ माघ २०७९, बिहीबार

काठमाडाैं,  बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘किसीका भाइ किसीकी जान’ को टिजर सार्वजनिक भएको छ।

यो फिल्मको टिजर शाहरूख खानको फिल्म ‘पठान’ सँगै हलमा प्रदर्शन गरिएको हो। बुधबार सार्वजनिक गरिएको टिजरमा एक्सन दृश्य समावेश छ।

फरहाद सम्जीले निर्देशन गरेको फिल्ममा सलमानसँगै पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय छ। फिल्मको कथा सलमानले तयार पारेका हुन्।

फिल्म निर्माणमा सलमान खान फिल्म्स ब्यानरले जिस्टुडियोसँग सहकार्य गरेको छ।

यो फिल्म सन् २०२३ को इदमा रिलिज हुनेछ।

साताकाे चर्चित
सम्बन्धित