सिँजा ३ मा लक्षित वर्गलाई सामाग्री वितरण
सिँजा ३ मा लक्षित वर्गलाई सामाग्री वितरण
    • उमेश बुढा

    • १७ माघ २०७९, मंगलवार

 जुम्ला 

जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर ३ मा लक्षित वर्गका व्यक्तिलाई सामाग्री वितरण गरिएको छ । जेष्ठ नागरिक १ सय ३२ जना , अपाङ्ग ३० जनालाई कमल दिएको र युवा सात टोलकालाई खेलखुदका सामाग्री हस्तान्तरण गरेको वडा नम्बर ३ का का. वा. । अध्यक्ष हरिवहादुर बुढाले जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रममा प्रत्यक व्यक्ति जेष्ठ नागरिक र अपाङ्गता भएका लक्षित वर्गलाई १र १ कोरियन कमल दिएर वडा सरकारले सम्मान गरेको बुढाले भने , सिँजा गाउँपालिका वडा नम्बरमा ३ मा ७ ओटा टोलका युवालाई भलिबल र जाली दिएको बुढाले बताए ।

वडा सचिव धन वहादुर रावतका अनुसार जेष्ठ नागरिलाई १३२ थान कमल , अपाङ्गलाई ३० थान कमल, युवा वर्गलाई ७ थान भलिबल , ७ थान जाली , ७ थान निडिल दिएको रावतको भनाई छ ।

जेष्ठ नागरिकको कमलको लागत रकम रु १ लाख ३५ हजार , अपांगको ३० हजार र युवाको २५ हजार रुपैयाँ रकम आर्थिक वर्ष २०७९र ०८० को वडा सरकारले छुट्याएर सामान खरिद गरि वितरण गरेको सचिव रावतले बताए ।

वडा नम्बर ३ मा अपांगता भएका व्यक्तिलाई वडा सरकारले समान गरेकोमा स्वातगत योग्य कार्य वडा सरकारले गरेकोमा खुसी भएको सिँजा गाउँपालिका अपांग महासंघका अध्यक्ष कृष्ण चौलागाईंले बताए ।
हिमपात भएर चिसो बढेको थियो , न्यानो कपडा पाउँदा खुसी भएको जेष्ठ नागरिक बताउँछन् ।
वडा ३ का युवालाई खेल क्षेत्रमा अगाडि बढाउनको लागि र खेलाडी उत्पादन गराउनको लागि खेलखुदका सामाग्री वडा सरकारबाट पाउँदा युवा हर्षित भएको युवा राजेश घर्तीले बताए ।

वडा नम्बर ३ का लक्षित वर्गलाई सामान र खेल जगतलाई अगाडि बढाउनको लागि र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले युवालाई हौसला जोगाउनको लागि वडा सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो । जेष्ठ नागरिकलाई चिसोबाट न्यानो राख्नको लागि न्यानो कपडा वितरण गरेको छ । अपांगता व्यक्तिलाई पनि न्यानो कमल दिएर सम्मान गरेको हो ।

सो कार्यक्रमको प्रमुख अथिती पालिका उपाध्यक्ष सितली रोकाया रहनु भएको थियो । रोकायाको हातबाट लक्षित वर्गलाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित