सामाजिक संजालमा दलितलाई विभेद गरेको भन्दै , दलित संघले निकाल्लो विज्ञप्ति
सामाजिक संजालमा दलितलाई विभेद गरेको भन्दै , दलित संघले निकाल्लो विज्ञप्ति
    • उमेश बुढा

    • १८ माघ २०७९, बुधबार

जुम्ला ।

सामाजिक संजाल फेसबुकमा दलितलाई विभेद गरेको भन्दै बुधबार दलित सेवा संघ शाखा जुम्लाले विज्ञप्ति निकालेको छ ।

पछिल्लो समयमा सामाजिक संजाल फेसबुक पनि लोगपृय भन्दै गएको बेला फेसबुकबाट दलित जाती माथि अपमान हुने शब्द लेखिएको विषयमा दलित सेवा संघ शाखा जुम्लाले कार्वाहीको माग गर्दै विज्ञप्ति निकालिएको हो ।

जुम्ला सिँजा गाउँपालिका वडा नम्बर २ घोडेङ्गा निवासी गौरिलाल जैशीको गौरिलाल तिमिल्सिना नामक फेसबुक अकाउन्टबाट ू गाई खाने दलित र मह खाने बाहुन एउटै कदापी हुन सक्दैनन् ू भन्ने स्टास प्रति सिगो दलित समुदायको ध्यानाकर्षण भएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।


यदि यो विषय माथि अपमान गरेर लेख्ने जैसीलाई सम्बन्धि निकायले कार्वाहीको पहल नचालेमा सिंगो दलित समुदायले आन्दोलन गर्ने समेत चेतावनी दिने विज्ञप्तिमा लेखिएको छ ।

अझै दलित समुदायलाई अपहेलित गर्ने र दभाउने दोषी विरुद्ध दलित संघले कार्वाही र आन्दोलन गर्न पनि पछि नहट्ने दलित सेवा संघ शाखा जुम्ला अध्यक्ष भिम वहादुर नेपालीले बताए ।

साताकाे चर्चित
सम्बन्धित