रविले न्याय पाउनु पर्छ भन्दै , जुम्लामा कार्कीले आत्मदाहको पर्‍यास गरे
रविले न्याय पाउनु पर्छ भन्दै , जुम्लामा कार्कीले आत्मदाहको पर्‍यास गरे
    • उमेश बुढा

    • १९ माघ २०७९, बिहीबार

 जुम्ला ।

रवि लामिछानेले न्याय पाउनु पर्छ भन्दै जुम्लामा गोकर्ण कार्कीले आत्मदाह गर्ने प्रयास गरका छन् ।

कोलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिसष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न लागेका थिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले भने वर्ष ४० का कार्कीले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको पर्‍यास गर्न लागेको चन्दले बताए ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको पर्‍यास गरेका हुन डिएसपी चन्दले बताउनु भयो ।

कार्कीले भने मेरो घर कोलपुर नगरपालिका १० हो । १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएको हुँ भनाइ छ । यो देशमा जुनसुकै क्षेत्रमा भष्टचार अनियमिता भइरहेको छ , तर रवि जस्तो मान्छेलाई न्याय नपाउने देशमा बाँचेर के गर्ने त्यसैले महिले आत्मदाह गर्न लागेको हुँ कार्कीले आत्मदाह गर्दागर्दै भनेका थिए ।
अहिले उनको अवस्था सामान्य रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरलाई बोलाएर जिम्मा लगाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित