नेपाल-भारत सम्बन्धमा नयाँ आयाम बिस्तार हुँदैछन्, मन्त्री किराती
नेपाल-भारत सम्बन्धमा नयाँ आयाम बिस्तार हुँदैछन्, मन्त्री किराती
    • Bell Sanchar

    • १४ चैत्र २०७९, मंगलवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरू बिस्तार हुने क्रममा रहेको बताएका छन्।

सोमवार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा उनले दुई देशबीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गका नयाँ आयामहरू बिस्तार हुने बताए।

उनल‍े नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरेको बताए। मन्त्री किरातीले नेपाल–भारतबीच प्राचीनकालीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

यसले नेपाल र भारतका धार्मिक पर्यटकहरूका लागि थप उत्सुक बनाउने उनको भनाइ थियो।

मन्त्री किरातीले भने, ‘नेपाल-भारत उद्योग वाणिज्य संघको अगुवाइमा प्रकाशनमा आएको यो कफी टेबल पुस्तकमा समावेश गरिएका दुई देशका विभिन्न धार्मिक, सांस्कृतिक, स्थलहरूले नेपाल र भारतका धार्मिक पर्यटकहरूका लागि थप उत्कसुकता जनाउनेछ भने धार्मिक स्थल, सांस्कृति स्थलको प्रवर्द्धन र विकास गर्न यसले योगदान दिनेछ ।

विशेष गरी सांस्कृतिक र पर्यटनसँग सम्बन्धित पुस्तक भएको कारण पनि यसको प्रकाशन गरेर दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको छ ।’

मन्त्री किरातीले नेपाल-भारत उद्योग वाणिज्य संघले दुई देशबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलाई चलायमान गर्ने प्रयास गरेको बताए।

साताकाे चर्चित
सम्बन्धित