विभिन्न सुरक्षा चुनौती सामना गर्नुपरेको छ,प्रधानमन्त्री दाहाल
विभिन्न सुरक्षा चुनौती सामना गर्नुपरेको छ,प्रधानमन्त्री दाहाल
    • Bell Sanchar

    • १४ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भू-राजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण सुरक्षा चुनौती बढेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले सीमा विवाद, जलवायु परिवर्तन, विश्व आर्थिक मन्दी र त्यसको प्रभाव पनि सुरक्षा चुनौती रहेको बताएका छन् ।

अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधि पनि सुरक्षा चुनौती रहेको प्रधानमन्त्रीको भनाइ छ ।

यसको प्रतिवाद एवं समाधानका लागि राजनीति, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउनुपर्ने उनले बताए ।

उनले चुनौतीहरुको डटेर सामना गर्न नेपाली सक्षम रहेको पनि उनले बताए ।

‘परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहुआयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ ।’ उनले सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरेर आवश्यक पहलकदमी लिन सैनिक अधिकारीहरुलाई आग्रह पनि गरेका छन् ।

राजनीति, सामाजिक, आर्थिक एवं भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा नै राष्ट्रिय सुरक्षा हो भन्दै उनले यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाएर बुझ्द्द नहुने बताए ।

साताकाे चर्चित
सम्बन्धित