उपनिर्वाचनका लागि आज उम्मदेवारी दर्ता हुँदै
उपनिर्वाचनका लागि आज उम्मदेवारी दर्ता हुँदै
    • Bell Sanchar

    • २१ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

आगमी १० बैशाख हुने उपनिर्वाचनका लागि आज९सोमवार० उम्मेदवारी दर्ता हुँदैछ । चितवन–२, तनहुँ–१ र बारा–२ मा १० बैशाखमा उपनिर्वाच तोएिका छ ।

निर्वाचनका उम्मेदवारले सोमवार सम्वन्धित निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।

उम्मेदवारी दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म चल्नेछ । कार्यतालिका अनुसार २१ चैतमा उम्मेदवार विरुद्ध उजुरी गर्न सकिनेछ । २२ चैतमा उजुरीमा माथि छानविन हुनेछ । र, सोही दिनको साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले २३ चैतको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा काँग्रेसले तनहुँ–१ मा गोविन्द्र भट्टराई र चितवन–२ जीतनारण श्रेष्ठ उठाएको छ । बारा–२ मा भने काँग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेको छ । त्यस्तै, एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन –२ मा रामप्रसाद न्यौपाने उम्मेदवार बनाएको छ । बारा–२ मा उम्मेदवार टुंगो लागिसेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने तनहुँ–१ स्वार्णीम वाग्ले, चितवन–२ रवि लामिछाने र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाएको छ । त्यस्तै, जनमत पार्टीले बारा–२ मा शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित