सिँजा पालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा
सिँजा पालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा
    • उमेश बुढा

    • १० बैशाख २०८०, आईतवार

 जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ ।

बालबालिकाले पूर्ण खोप पाएका छन् छैनन्, सुनिश्चित गर्नका लागि प्रत्येक वर्ष खोप सुनिश्चित गर्नु पर्ने व्यवस्था रहेको सिँजा गाउँ पालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनु पर्ने हुन्छ ।

सिँजा गाउँपालिकामा शून्यदेखि १५ महिनाका २१२ जना र १६ देखि २३ महिना सम्मका २३७ जना गरी ४४९ जनालाई पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको सिँजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए ।

खोप नेपाल सरकारले निशुल्क पाउने व्यवस्था गरिएको छ । स्वास्थ्य शाखा प्रमुख रोकायाले भन्नु भयो, अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको छ । खोप लागाउने समुहका बालबालिका खोप लगाउनबाट वन्चित नहोस् भन्ने उद्शय पालिकाको रहेको छ ।

पालिकाका ६ ओटा वडाका खोप लगाउने उमेर समुहका सम्पूर्ण बालबालिकालाई खोप लगाए पछि सुनिश्चिता घोषणा गरेको सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिनुभयो ।

सबै वडाका खोप उमेर समुहका बालबालिकाले पुर्ण खोप उमेर हुनु पर्ने छ । खोपले रोगबाट लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले सबैका बालबालिकालाई खोप अनिवार्य लगाउनु पर्ने र बालबालिकाको स्वास्थमा गडबडी नआउने, सजिलैसँग रोगले आक्रमण नगर्ने, शारीरिक अवस्था हुस्टपुस्ट हुने खोपले गर्दछ ।

साताकाे चर्चित
सम्बन्धित