कनकासुन्दरीमा नि:शुल्क शिविर, ८९ जनाको शल्यक्रिया
कनकासुन्दरीमा नि:शुल्क शिविर, ८९ जनाको शल्यक्रिया
    • उमेश बुढा

    • १० बैशाख २०८०, आईतवार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिका र नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पतालको आयोजनाका २ दिने नि:शुल्क आँखा शिविर सञ्चालनमा ८९ जनाको मोति बिन्दुको शल्यक्रिया गरिएको छ ।

महिला १ सय ८५ जना, पुरुष १ सय ३० जना गरि शिविरमा ३ सय १५ जनाको चेकजाँच गर्दा ८९ जनाको हाड सिँजा स्वास्थ्य चौकीमा शल्यक्रिया गरेको नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्ला सभापति धन वहादुर बस्नेतले बताउनु भयो ।

शिविरमा हिमा , सिँजा र कनकासुन्दरी गाउँपालिकाका आँखाका रोगिहरुले चेकजाँच गरेर शल्यक्रिया गरेको बस्नेतले बताए ।

नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नेपाल नेत्र ज्योति संघ राप्ति आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको सामुदायिक संयोजक मिना आचार्यले जानकारी दिनु भयो ।

बिरामीलाई गास , बास र कपासको व्यवस्था कनकासुन्दरी गाउँपालिकाले गरेको हो । यस अघिका शिविरमा बिरामीले खाना र ओड्ने ओछ्याउने कपडाको आफैले गर्नु पर्ने थियो तर यस पटकको शिविरमा भने पालिकाले व्यवस्था गरेको हो ।

शल्यक्रिया गरेका बिरामीलाई घर हिडेर जान समस्या भएकाले आ-आफ्नो पालिकाले एम्बुलेन्स र गाडीको व्यवस्था गरेर बिरामीलाई घर सम्म पुर्‍याइएको छ ।

साताकाे चर्चित
सम्बन्धित