एमाले सांसद कोइरीलाई किन कारबाही गरिएन , सभामुखलाई रास्वपा सांसदको प्रश्न
एमाले सांसद कोइरीलाई किन कारबाही गरिएन , सभामुखलाई रास्वपा सांसदको प्रश्न
    • Bell Sanchar

    • १२ बैशाख २०८०, मंगलवार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद निशा डाँगीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई किन कारबाही नगरेको भन्दै सभामुख देवराज घिमिरेमाथि प्रश्न गरेकी छन् ।

‘यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई ? जानकारी गराएका भए के जानकारी गराएका छन सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ’ उनले भनेकी छन् ।

सांसद डाँगीले सभामुख घिमिरेसँग जवाफ मागेकी छन्, ‘जानकारी नगराएको भए अहिलेसम्म संविधान बमोजिम कोइरीलाई किन कारबाही गरिएन ? यस प्रश्नको उत्तर सभामुखबाट नै सुन्न चाहेँ ।’

संविधानतः निरन्तर १० वटा बैठकमा अनुपस्थित हुने सांसदको पद रिक्त हुने भनिएको पनि उनले स्मरण गरेकी छन् ।

संविधानको धारा ८९ मा स्थानको रिक्तता सम्बन्धी व्यवस्था छ । धारा ८९ को (घ) मा ‘सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा’ सम्बन्धित सांसदको पद रिक्त हुने भनिएको छ ।

साताकाे चर्चित
सम्बन्धित