प्रकाशमान सिंह ,वर्खामा पनि मेलम्चीको पानी काठमाडौं आउने व्यवस्था गर्नुपर्‍यो
प्रकाशमान सिंह ,वर्खामा पनि मेलम्चीको पानी काठमाडौं आउने व्यवस्था गर्नुपर्‍यो
    • बेल संचार

    • १२ बैशाख २०८०, मंगलवार

काठमाडौं।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले बर्खामा पनि मेलम्चीको पानी काठमाडौंमा निरन्तर आइरहने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सिंहले बर्खामा पनि मेलम्चीको पानी काठमाडौंका घर-घरमा आउने गरी काम गरिनुपर्नेमा जोड दिए।

‘वर्षायाम सुरू हुँदैछ। मेलम्चीको पानी फेरि रोकिने हो कि भन्ने पीर काठमाडौंवासीलाई छ,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयले त्यसमा विशेष ध्यान दिनुपर्‍यो।

वर्खामा पनि मेलम्चीको पानी निरन्तर काठमाडौं आउने व्यवस्था मिलाउनुपर्‍यो।’

मेलम्ची खोलमा अस्थायी संरचना बनाएर हिउँदमा पानी काठमाडौं ल्याइएको छ।

साताकाे चर्चित
सम्बन्धित