कनकासुन्दरी ७ मा लक्षित वर्गलाई थर्मश र कपले सम्मान
कनकासुन्दरी ७ मा लक्षित वर्गलाई थर्मश र कपले सम्मान
    • उमेश बुढा

    • १२ बैशाख २०८०, मंगलवार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा लक्षित वर्गलाई थर्मश र कपले वडा सरकारले सम्मान गरेको छ ।

जेष्ठ नागरिक २०८ जना, जनजाती २३ जना, दलित २ जना, अपांग ३२ जना व्यक्तिलाई एक एक थर्मश र कप दिएर सम्मान गरेको वडा सचिव सुदर्शन काँफलेले बताउनु भएको छ ।

आर्थिक वर्ष २०७९ र ०८० को बजेटले लक्षित वर्गलाई सम्मान गरेको सचिव काँफलेले बताए ।

विगतका वर्ष देखि लक्षित वर्गलाई स्थानीय सरकारले सम्मान गर्दै आएको र अहिले पनि जेष्ठ नागरिक, जनजाती, दलित र अपांगता व्यक्तिहरुको मन शान्त पार्नको लागि थर्मश र कप वितरण गरेर सम्मान गरेको वडा अध्यक्ष तेज वहादुर जिसीले बताउनु भयो ।

लक्षित वर्गको सेवा लक्षित वर्गले पाउनु पर्ने र उनिहरुको मन सन्तोषजनक बनाउनको लागि थर्मश र कप दिएको जिसीले भने, जाँडो समयमा जतिबेला पनि तातोपानी नपाइने भएको हुँदा घरमा पानी तताएर थर्मशमा २४ घण्टा सम्म तातोपानी खान पाउने उद्यश्यले वडा सरकारले सम्मान गरेको अध्यक्ष जिसीले बताए ।

वडा सरकारले यसरी सम्मान गरेको पाउँदा लक्षित वर्ग खुसी भएको बताउछन् ।

सो कार्यक्रमको प्रमुख अथिति पालिका अध्यक्ष दामोदर प्रसाद आचार्य रहनु भएको थियो भने बिशेष अथितिमा पालिका उपाध्यक्ष प्रेमकली बुढा रहनु भएको हो ।

साताकाे चर्चित
सम्बन्धित