प्रमुख तीन दलले नाम नदिएपछि संसदीय सुनुवाइ लगायतका समितिहरु गठनमा विलम्ब हुने
प्रमुख तीन दलले नाम नदिएपछि संसदीय सुनुवाइ लगायतका समितिहरु गठनमा विलम्ब हुने
    • Bell Sanchar

    • १३ बैशाख २०८०, बुधबार

काठमाडौं ।

प्रमुख तीन दलले नाम नदिएपछि संसदीय सुनुवाइ लगायतका समितिहरु गठनमा विलम्ब हुने भएको छ ।

संसदको आज बुधबार दिउँसो ३ बजे बोलाइएको बैठकको प्रस्तावित कार्यसूचीमा संसदीय सुनुवाइ समितिका सदस्यहरु मनोनयनका लागि प्रस्ताव गर्ने पनि थियो ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरुले आफ्ना प्रतिनिधिको नाम दिएनन् ।

नेपाली कांग्रेस, एमाले र माओवादीले नै सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम नदिएका हुन् ।

सभामुखले भोलिसम्म नाम दिन आग्रह गरेका छन् ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता पक्ष र प्रतिपक्षबीच बृहत्तर सहमतिको प्रयास भइरहेकाले समिति गठनमा विलम्ब भएको बताए ।

‘हामी निरन्तर छलफलमा छौं, आज पनि छलफल गर्छौं र यसलाई चाँडोभन्दा चाँडो टुंग्याउँछौं,’ लेखकले भने ।

साताकाे चर्चित
सम्बन्धित