कोशी प्रदेश नाम ठीक छ ,अध्यक्ष केपी ओली
कोशी प्रदेश नाम ठीक छ ,अध्यक्ष केपी ओली
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेशको नाम ठीक भएको बताएका छन्।

बिहीबार मिसन ग्राँसरूट लेभल अभियानको क्रममा इलाम पुगेका ओलीले प्रदेशको नाम कोशी ठीक भएको बताएका हुन्।

‘कोशी प्रदेश सभाले कोशी प्रदेश नामाकरण गर्‍यो, म कोशी प्रदेश सांसद पनि होइन।

अनि म आफ्नो भ्रमणमा हिँडिरहेको छु, कार्यक्रममा हिँडिरहेको छु, जनता भेटिरहेको छु,’ उनले भने, ‘कसलाई टाउको किन दुख्ने? जहाँसम्म कुरा छ कोशी प्रदेश ठीक थियो कि थिएन, यो बिल्कुल ठीक थियो। यो साझा नाम हो, सबैका लागि छ। यसलाई एउटा अर्को भन्ने कुरै छैन।’

कोशी नाममै सबै जातजातिहरू समेटिने भएकाले यसलाई इगोको विषय बनाएर विवाद उत्पन्न गर्न नहुने बताए।

‘कोशी भित्र दाँफेमुनाल समेटिन्छ, मयुर समेटिन्छ, शेर्पा-लेप्चा, तामाङ-भोटे,  खोँच हिमाल, राजवंशी, थारू तिनीहरू पनि समेटिन्छन्।

त्यसकारण यसलाई इगोको विषय बनाउने होइन,’ उनले भने, ‘सबैका निम्ति साझा के हुनसक्छ भनेर कोशी प्रदेशले बनायो।’

कोशी प्रदेशको नामबारे विरोध गर्नुपर्ने कुनै कारण नभएको र यदी असहमति नै भए चुनाव जितेर आइ परिवर्तन गर्न समेत उनले बताए।

बुधबार दिउँसो झापामा कार्यक्रमका लागि हिँडेका ओलीमाथि पहिचानपक्षधरले ढुंगामुढा गरेका थिए। त्यसक्रममा दुई जना प्रहरी घाइते समेत भएका थिए।

यसमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो।

यसलाई उनले हिंसात्मक, आतंककारी, विद्वेषकारी, साम्प्रदायिक, अराजनीतिक, उदण्ड, राष्‍ट्र विपरितको कृयाकलाप भएको पनि बताए।

पहिचानपक्षधरहरूले यस प्रदेशको नाम किराँत राख्नुपर्ने माग राख्दै प्रदर्शन गर्दै आएका छन्। यसक्रममा प्रहरी र उनीहरूबीच पटकपटक झडप समेत भएको छ। जसमा एक जनाको मृत्यु समेत भएको छ।

साताकाे चर्चित
सम्बन्धित