नेप्से एकल अंकको गिरावट
नेप्से एकल अंकको गिरावट
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से २.२७ अंकले घट्दा १८८९.७३ विन्दुमा बन्द भएको छ ।

बिहीबार नेप्सेमा २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनेबच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ८४ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढ्यो ।

सिटिजन्स म्युचुअल फन्ड २, तेह्रथुम पावर कम्पनी, तारागाउँ रेजेन्सी होटल लिमिटेड, सुपरमादी हाइड्रोपावर लिमिटेड, आरबीबी म्युचुअल फन्ड १ लगायतका कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए ।

कारोबारमा आएका मध्ये १३९ कम्पनीको सेयर मूल्य घट्यो ।

धेरै गुमाउनेमा एनबीएल ग्रोथ फन्ड, एनएमबी डिबेन्चर, युनिलिभर नेपाल लिमिटेड लगायतका कम्पनी छन् ।

साताकाे चर्चित
सम्बन्धित