एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

काठमाडौं ।

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।

हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।

अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार नै खेल्ने छन् ।

नेपाल आजै भएको खेलमा कतारलाई हराउँदै समूह एको विजेता बनेको थियो ।

साताकाे चर्चित
सम्बन्धित