अध्यक्ष ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी
अध्यक्ष ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

 इलाम ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका छन् ।

झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको उनको दाबी छ ।

इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् ।

अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’

जबकी यो हिमानी शाहको नाममा खोलिएको फेक एकाउन्ट थियो । तर ओलीले भने पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको बताए ।

‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, एमाले सहनशील भएर धेरै हिसाब नगरेको भन्दै ओलीले भने, हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ।

’एमालेले कारबाही गरेका दुर्गा प्रसाईंतर्फ संकेत गर्दै ओलीले ट्याउट्याउ गर्दै कुद्ने एकदुई जना मान्छे भेटाएको भरमा पखेटा पलाउनु ठीक नहुने चेतावनी दिए ।

साताकाे चर्चित
सम्बन्धित