रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ
रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ
    • Bell Sanchar

    • १५ बैशाख २०८०, शुक्रबार

काठमाडौं ।

उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् ।

अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे ।

यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित