सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित भएकी छिन्
सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित भएकी छिन्
    • Bell Sanchar

    • १५ बैशाख २०८०, शुक्रबार

काठमाडौ । 

विहिबार वीरजंगमा भएको नेपाल ब्युटिनिसियन संघको चौथो केन्द्रीय महाधिवेशनमा उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले महरालाई सम्मान गरेका हुन् ।

लामो समयदेखि निष्ठा र समर्पणका साग महिला उद्ममी, रोजगारदाता, सेवामूलक व्यवसाही, कुशल संगठनकर्ता एवं समाजसेवीका रूपमा निरन्तर सक्रियरही निष्ठापूर्वक व्यटिपार्लर सञ्चालन गरेको भन्दै महरालाई सम्मान गरेको संघले जनाएको छ । सम्मानित महरा नेपाल उद्योग बाणिज्य महासंघ, काठमाडौंको जिल्ला कोषाध्यक्ष समेत हुनुहुन्छ ।

सौदर्य क्षेत्रको अग्रनी व्यवपारिक प्रतिष्ठान ‘ब्यूटिसियन तथा हेयर डिजाइनर’लाई हेयर स्टाइल सम्बन्धि एड्भान्स सिप समेत सञ्चालन गर्ने नेपालकै नम्बर एक सैलुन फेसियल हाउस भएको भन्दै संघले संस्थाको सर्वाङ्गीण विकासमा पु¥याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन भएको जनाएको छ ।

नेपालकै एक प्रतिष्ठित फेसियल हाउस काठमाडौंसहित देशका प्रमुख शहरमा ६ वटा शाखा कार्यालय रहेका छन् ।

काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, चावहिल, पोखरा, सुर्खेत र धनगढीमा शाखा कार्यालय रहेको छ ।

फेसियल हाउसले करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएकाे छ ।

फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदैँ आएको छ ।

साताकाे चर्चित
सम्बन्धित