कर्णालीका मुख्यमन्त्री शर्माले लिए चार महिनामै तेस्रो पटक विश्वासको मत
कर्णालीका मुख्यमन्त्री शर्माले लिए चार महिनामै तेस्रो पटक विश्वासको मत
    • Bell Sanchar

    • १५ बैशाख २०८०, शुक्रबार

 सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत लिएका छन् ।

शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

त्यस्तै नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले विपक्षमा मतदान गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए ।

मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए । यसअघि पहिलो पटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए ।

त्यो बेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा भोट हालेको थियो ।

राप्रपाले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शर्माले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए ।

तर, राष्ट्रिय राजनीतिकको समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने भएपछि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् ।

पहिलो पटक संसदीय यात्रा थालेका शर्मा पहिलो प्रयासमै मुख्यमन्त्री बनेका हुन् । शर्मा रुकुम पश्चिम–२ बाट निर्वाचि भएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित